कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति बन्द

0
471

असोज १४, २०७७ काठमाडौं :  वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिँदै आएको श्रम स्वीकृतिसहितका सबै सेवा अनिश्चितकालका लागि बन्द भएको छ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको कारण कार्यालयबाट हुने सम्पूर्ण सेवा बन्द गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ।
कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड(१९ को संक्रमण देखिएपछि २०७६(६(१४ बाट अर्को सूचना प्रकाशित नभएसम्मको लागि यस कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरीएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

SHARE