नेपाली सेनामा स्थगित भर्ना छनौट सुरु

0
538

असोज १३, २०७७ काठमाडौं :  नेपाली सेनामा रिक्त रहेका विभिन्न पदका लागि स्थगित भर्ना प्रक्रिया सुचारु भएको छ।

कोरोना महामारीका कारण चैत ७ गतेदेखि स्थगित गरिएको भर्ना प्रक्रिया पुनः सूचारु गरिएको हो। २०७६ माघ ७ गते विभिन्न पदका लागि विज्ञापन गरिएकोमा कोरोना भाइरसको महामारीका कारण चैत ७ गते सबै प्रक्रिया स्थगित गरिएको थियो।
स्थगित गरिएका सबै भर्ना प्रक्रिया सूचारु गरिएको नेपाली सेनाले सूचनामार्फत जानकारी दिएको छ।

SHARE