शनिवार १२ सय ७ जनामा कोरोना संक्रमण

0
414

असोज १०, २०७७ काठमाडौं :  शनिवार १२ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्‍वर गौतमले नियमित मिडिया ब्रिफिङमा यसबारे जानकारी दिएका हुन्।

हालसम्म देशभर संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टायता १ हजार १४७ जना कोरोना मुक्त भएका छन्। योसँगै कोरोना निको हुने ५३ हजार १३ पुगेका छन्।
देशभरका ४९ वटा ल्याबमा २४ घण्टायता १० हजार भन्दा धेरैको पिसिआर परीक्षण भएको छ।

SHARE