तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

0
260

असोज १०, २०७७ काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालय सञ्चालन नगर्न आग्रह गरेका छन्‌।

शनिबार शिक्षा पत्रकार समाजले आयोजना गरेको भर्चुअल छलफलमा मन्त्री पोखरेलले कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै स्थानीय तहहरूलाई विद्यालय नखोल्न आग्रह गरेका हुन। उनले विद्यालय खोल्नुभन्दा केही समय​ वैकल्पिक सिकाई प्रणालीलाई नै बढी प्राथमिकता दिन आग्रह गरे।
उनले भने, ‘अहिले कोभिड– १९ को जोखिम कायमै छ। त्यसैले विद्यालय खोल्नुभन्दा वैकल्पिक सिकाइलाई नै प्राथमिकता दिनुपर्छ।’ अहिले विभिन्न जिल्लामा विद्यालय खोल्न थालिएको छ।

न्यूनतम सिकाइको सुनिश्चितता लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई असोजको पहिलो साताबाट कार्यान्वयन शुरू गरिसकेकाले स्थानीय तहका सबै सम्बन्धित विद्यालयका शिक्षकहरूलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको पनि मन्त्री पोखरेलले जानकारी दिए।

SHARE