पहिरोले पोखरा–बाग्लुङ सडक अवरुद्ध

0
297
फाइल फोटो

असोज ७, २०७७ : मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुस्मा नगरपालिका–१ पाङको सहस्रधारामा पहिरो खसेपछि पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ।
मंगलबार राति पहिरो खसेर सडक अवरुद्ध भएको हो। गत भदौ २७ मा अविरल वर्षापछि गेगर र लेदोसहित पहिरो झरेको स्थानमै फेरि पनि पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काले बताए। यसअगाडि पटक–पटक पहिरो झरेर बाटोमा ठूलो परिमाणमा गेगर र ढुङ्गा जम्मा भएपछि एकतर्फी रूपमा मात्रै सडक सञ्चालन गर्न सकिएको थियो।

सडक अवरुद्ध हुँदा बाग्लुङ, म्याग्दी र मुस्ताङबाट पर्वत हुँदै पोखरा र अन्य ठाउँमा जाने सवारीसाधनहरू सहस्रधारामै रोकिएका छन्। कोही आएको ठाउँतिरै फर्किएका छन्।
देशका विभिन्न ठाउँबाट बाग्लुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरू पर्वत सदरमुकाम कुस्मा र पहिरो गएको नजिकैको ठाउँ नयाँ पुलमा रोकिएका छन्।

SHARE