गुल्मीमा काग्रेस र प्रहरी बिच झडप

0
635
सोही बिद्यालय निर्माणको बिषयलाई लिएर प्रशासन अगाडी भएको झडपको तस्बिर : तिलाचन पाण्डे

असोज ५ , २०७७ गुल्मी : गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।

रेसुंगा नगरपालिका १२ को रानीपोखरी निमाविको बिषयलाई लिएर झडप भएको हो । केहि दिन अघि रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा र कांग्रेस कार्यकर्ता बिच बिबाद भएको थियो ।
बिबादकै क्रममा नेकपाका कार्यकर्ताले आफ्ना मान्छेहरु कुटपीट गरेर घाइते बनाएको कांग्रेसको दावी छ । नेकपाले आफना पनि कार्यंकर्ता माथि कुटपीट भएको बताउँदै आएको छ ।
सोमबार आफना कार्यंक्रर्ताहरुलाई कुटपीट गर्नेहरुलाई प्रहरीले पक्राउ नगरेको भन्दै जिल्ला प्रशासन कार्यलय अगाडी बिरोध प्रर्दशन गरेका थिए । एक्कासी प्रशासन कार्यालय भित्र कांग्रेस नेता कार्यकर्ता पस्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

झडपमा कांग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ र नेता पूर्णबहादुुर केसी घाइते भएको कांगेस जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए । त्यस्तै प्रहरी निरीक्षक राजकुमार रावल सहित चार जना घाइते भएको पन्तले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा घटनामा संलग्नहरुलाई उन्मुक्ति दिइरहेको आरोप लगाए । उनले सोमबार साँझसम्म कांग्रेस कार्यकर्ता कुटपीट गर्नेलाई पक्राउ नगरे चरणवद्ध आन्दोलन गरिने बताए ।

SHARE