संविधानमा सबैको अपनत्व जरुरी : देउवा 

0
272
फाइल फोटो

असोज ३, २०७७ काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानमा सबैको अपनत्व हुन जरुरी रहेको बताएका छन्।
संविधान दिवसको अवसरमा विज्ञप्ति जारी गरी देउवाले यस्तो भनेका हुन्। देउवाले स्वदेश र विदेशमा रहेका नेपालीमा पनि शुभकामना व्यक्त गरेका छन्।
देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। देउवाले विज्ञप्तिमा कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।
यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ।
संविधान जारी भएको यो ऐतिहासिक दिनलाई गौरव साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रुपमा मनाइँदै आइएको छ

SHARE