गण्डकीमा १५ सङ्क्रमित थप

0
385

असोज ३, २०७७ कास्की : गण्डकी प्रदेशका चार जिल्लामा शनिवार बिहानै थप १५ जना कोरोना संक्रमित थपिएका छन्‌। थपिएका समेत गरी प्रदेशमा संक्रमितहरुको सङ्ख्या तीन हजार ३५१ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा। बिनोदबिन्दु शर्माका अनुसार थपिएकाहरूमा नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को बुलिङटार गाउँपालिका(६ का ४५ र ४० वर्ष उमेरका दुई जना पुरुष, हुप्सेकोट गाउँपालिका(४ का ३५ र ३६ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं। ३ का ४५, ५८ र २४ वर्ष उमेरका पुरुष तथा ५६ र ४२ वर्षीया महिला र वडा नं। ५ की ३७ वर्षीया महिला रहेका छन्।
पर्वत जिल्लामा पनि थप २ जनामा सङ्क्रमणको पुष्टि भएको छ। उनीहरू कुस्मा नगरपालिका(६ की ५७ वर्षीया महिला र नेपाली सेनामा कार्यरत ३५ वर्षीय जवान रहेका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिकाका २१ वर्षीय पुरुष र लमजुङको मध्यनेपाल नगरपालिका(६ का ४२ वर्षीय पुरुषमा पनि सङ्क्रमणको पुष्टि भएको छ।
नवलपरासीको हुप्सेकोट(५ की महिला स्वास्थ्य स्वयंसेविका रहेको निर्देशनालयले जानकारी दिएको छ।

SHARE