जबरजस्ती चन्दा उठाउँने बिप्लवका कार्यकर्ता प्रक्राउ

0
404

असोज २, २०७७ कास्की : कास्की प्रहरीले जबरजस्ती चन्दा असुली गरिरहेको अवस्था नेकपा (विप्लव समूह) का दुई जनालाई पोखराबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ परेकाहरू उदयपुरको त्रियुगा नगरपालिका–७ मोतिडाँडा घर भई काठमाण्डौका तारकेश्वर नगरपालिका–७ मनमैजु बस्दै आएका २७ वर्षीय रबिन केसी भन्ने ध्वजबहादुर रावत र रोल्पाको गंगादेवी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१६ गोङ्गबु बस्दै आएका २२ वर्षीय रामकुमार डाँगी हुन्।

SHARE