संविधान दिवसको पुर्व सन्ध्यामा नेकपा छत्रकोटले गर्यो दिप प्रज्वलन

0
501

भुबन भुसाल

असोज २ ,२०७७ गुल्मी :नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छत्रकोटले संविधान दिवसको पुर्व सन्ध्याको अवसर पारेर आज दिप प्रज्वलन गरेको छ ।

छत्रकोट भेडुवा पार्टी कार्यालय अगाडि आज एक औपचारिक कार्यक्रमको आयोजना सहित दिप प्रज्वलन गरिएको हो ।
मैनबत्तिबाट नेपालको नक्सा बनाइ दिप प्रज्वलन गरिएको कार्यक्रममा नेकपा छत्रकोटका अध्यक्ष राम प्रसाद पाण्डे, सचिब पिताम्बर अर्याल, एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश न ५ उपाध्यक्ष डेलराज खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीका सचिब भुबन टण्डन, युवा संघ छत्रकोट उपाध्यक्ष रामु जङ्ग कंडेल ,लगायत पार्टिका नेता, जन बर्गिय संगठनका प्रतिनिधि , एवम कार्यकर्ताको उपस्थिती रहेको थियो

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले नेपाली जनताको लामो समयको प्रतीक्षा , त्याग र बलिदान बाट प्राप्त नेपालको संविधान २०७२ ले सबै नेपालीलाई पहिचान दिएको, यहि संविधानको जगमा टेकेर ३ तहको निर्वाचन सम्पन्न भइ कार्यान्वयन समेत भएको भन्दै संविधान दिवसको शुभकामना समेत ब्याक्त गरे ।
नेता पाण्डेले नेपाल कम्युनिस्ट पार्टी छत्रकोटले संविधान दिवस ३ दिन सम्म भब्य रुपले मनाउने कार्यक्रम अनुसार आज दिप प्रज्वलन गरिएको र भोलि एवम पर्सि समेत बिबिध कार्यक्रम गरिने जानकारी दिए । कार्यक्रममा सहभागीले आज नै नेपाली भुमिमा राष्ट्रिय ध्वजाबाहक रेल समेत प्रबेस गरेको भन्दै खुसी समेत मनाएका थिए ।

SHARE