चितवनमा दुईजना संक्रमितको मृत्यु

0
274

असोज २, २०७७ चितवन : चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचाररत एक–एकजनाको मृत्यु भएको हो। सर्लाहीको हरिपुर गाउँपालिका बस्ने ५५ वर्षीय पुरुषको आज विहान १० बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
यसैबीच, चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो। भदौ २६ गते कोरोना पुष्टि भएका युवकको गएराति १२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

SHARE