थप दुई स्यानिटाइजर उद्योगलाई कारबाही

0
241

भदौ ३१,२०७७ काठमाण्डौ : औषधि व्यवस्था विभागले थप दुई स्यानिटाइजर उद्योगलाई कारबाही गरेको छ ।
दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएकाले कारबाही गरेको विभागले जनाएको छ ।
चीन, भारत, काठमाण्डौ र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेको पाइएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार चिनियाँ कम्पनी ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १२० एमएलको स्यानिटाइजरमा ६० प्रतिशत इथानोल रहेको भेटिएको हो ।

यो स्यानिटाइजर गोन्जाउ ओबोपेकल फाइन केमिकल कम्पनी चीनले उत्पादन गरेको हो ।यसैगरी भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ६० एमएलको ह्यान्ड स्यानिटाइजरमा ६६ प्रतिशत इथानोल रहेको भेटिएको छ ।
ललितपुरमा रहेको सम्पदा हेल्थ केयरले उत्पादन गरेको सासा इस्ट्यान्ट र श्रीनाथ हर्बल कस्मेटिक इण्डस्ट्री काठमाण्डौले उत्पादन गरेको ६५ एमएलको स्यानिटाइजरमा मिथानोल ५५ प्रतिशतसम्म भेटिएको हो ।

SHARE