झापा केन्द्र भएर ५ रेक्टरको भूकम्प

0
255

भदौ २६, २०७७ काठमाडौं : झापाको बाहुनडाँगी केन्द्र भएर आज विहान भूकम्प गएको छ।
नेपाल–भारत सीमा क्षेत्र बाहुनडाँगी भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
भूकम्पको धक्का इलाम, झापा, पाँचथरलगायतका जिल्लामा पनि महसुस भएको थियो। बिहान ९ बजेर ३० मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ।

SHARE