पीसिआर रिपोर्ट उल्टो बनाएर फेसबुकमा हाल्ने दुईजना पक्राउ

0
357

भदौ २६, २०७७ कास्की : सामाजिक सञ्जालमार्फत कोभिड १९ को पीसिआर रिपोर्ट उल्टो बनाएर अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका(७ घर भई हाल कास्की पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्‍वर रिमाल र चितवन भरतपुर महानगरपालिका(४ घर भई कास्की पोखरा महानगरपालिका ९ नयाँबजार बस्‍ने २२ वर्षीय निरज लम्साल छन्।
रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार आ(आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड १९ पिसिआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।
प्रहरीका अनुसार उनीहरुले पोजेटिभलाई नेगेटिभ र नेगेटिभलाई पोजेटिभ बनाएर अफवाह फैलाएपछि प्रहरीले पक्राउ गरिएको हो।
उनीहरुविरुद्ध झुट्टा अफवाह फैलाउन नहुनेसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

SHARE