सरकारले कोभिड बिदा दिँदैन : गृह मन्त्रालय

0
469

भदौ २५,२०७७ काठमाडौं : सरकारी कार्यालयहरू फुल फ्लेजमा सञ्चालनमा आउने भएका छन् । काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटेसँगै सरकारी कार्यालयहरूले शत प्रतिशत काम सूचारु हुने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
‘केही कार्यालयहरूले कम कर्मचारी बोलाएर भएपनि सबै सेवा दिन सक्नुहुन्छ भने त्यसमा कार्यालय प्रमुखहरूले जिम्मेवारी लिने कुरा हो’ उनले भने ‘अब कोभिडको बिदा पाइँदैन, कार्यालयहरू स्वास्थ्य मापदण्ड पालना गरेर पूर्ण रुपमा सञ्चालन हुन्छ ।’

उनले कोभिडको बिदा नहुने र कार्यालयहरू पूर्ण रुपमा सञ्चालन हुने बताए । सरकारी कार्यालयहरू स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन हुने जानकारी दिए ।
स्वास्थ्य मापदण्ड पालना गर्ने, सामाजिक दुरी कायम गरेर भएपनि सरकारी कार्यालय पूर्ण रुपमा सञ्चालन हुने बताउँदै कर्मचारीहरूको उपस्थिति सम्बन्धित कार्यालयले भने गर्ने बताए ।
उनले अहिलेको अवस्थामा सरकारले कोभिडको बिदा नदिने भएकाले सावधानी अपनाएर कार्यालय पूरै सञ्चालन हुने जानकारी दिए ।

SHARE