सल्यानबाट विप्लव समूहका दुईजना पक्राउ

0
360

भदौ १६, २०७७ सल्यान :  चन्दा संकलन गरेको आरोपमा सल्यान प्रहरीले विप्लव समूहका दुईजनालाई पक्राउ गरेको छ।

कुमाख गाउँपालिका(६ मौलोहाले बजारमा चन्दा संकलन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा विप्लव समूह निकट युवा संगठनका जिल्ला सदस्य २२ वर्षीय प्रकाश गिरी र १८ वर्षीय गोरख केसी रहेका छन्।

मौलोहाले बजारमा व्यापारीसँग नगद १५ हजार रुपैयाँ चन्दा संकलन गरिरहेको अवस्थामा उनीहरुलाई सोमबार रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनीहरुले प्रयोग गरेको रा ४ प ६९३८ नम्बर मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

प्रकाश गिरीको साथबाट एक हजार भारतीय र २३ हजार ३३० रुपैयाँ बरामद गरिएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। उनीहरुलाई चन्दा असुली गर्न नहुने मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

SHARE