
भदौ १३, २०७७ कास्की: गण्डकी प्रदेशमा शनिबार बिहान २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको कुल संख्या दुई हजार ७७ पुगेको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार शनिबार थपिएका सबैजना नवलपरासी बर्दघाट सुस्ता पूर्व०को गैँडाकोट नगरपालिका र विनयत्रिवेणी गाउँपालिकाका हुन्।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट विनयत्रिवेणी गाउँपालिका वडा नम्बर ६ का ५७, २१, ५२, ३४, ४६, ५५ र ३१ वर्षका पुरुष तथा २७, ४४, ६४, ३७ र ५३ वर्ष उमेरका पाँच जना महिला रहेका छन्।

यस्तै, वडा नम्बर ७ का २५ र २१ वर्ष उमेरका दुई महिला तथा ७, ५४, ४३, ४८, २१ र ४४ वर्ष उमेरका छजना पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै, चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा गैँडाकोट नगरपालिका वडा नम्बर ६ का ५५ वर्षीय पुरुष र वडा नम्बर ८ की २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।






