मास्क नलगाउने चार लाख कारबाहीमा

0
429
फाइल फोटो

भदौ १ ,२०७७ काठमाडौँ : देशभर हालसम्म चार लाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई केही बेर सडकमा उभ्याउने र मास्कको महत्त्वको बारेमा बुझाउने र अनिवार्य रुपमा मास्क लगाएर मात्रै घरबाहिर निस्कनको लागि सम्झाउने काम भएको छ । त्यति हुँदा पनि अटेर गरेमा सङ्क्रामक रोग निवारण ऐनअन्तर्गत कारबाही गरेको छ ।

नेपालका ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत मास्क प्रयोग नगरी हिँड्नेलाई कारबाही गरिने प्रकृयाअघि बढाएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
साउन ३० गतेसम्ममा नेपालका ७७ जिल्लामा चार लाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर आएकामध्ये तीन लाख ५४ हजार ८२४ जनालाई मास्क लगाएर हिँड्न सम्झाएर पठाएको र उनीहरूलाई ३९ हजार ५०७ थान मास्कसमेत वितरण गरेको प्रवक्ता बुढाले जानकारी दिए ।

त्यस्तै २५ हजार २०७ जना व्यक्तिहरू मास्क नलगाई हिँडेकोमा प्रतिव्यक्ति एक सय रुपियाँको दरले २५ लाख २० हजार सात सय रुपियाँ राजस्व सङ्कलन भएको प्रवक्ता बुढाले बताए ।
अत्यावश्यक कामबाहेक काठमाडौँ उपत्यका भित्रने खोज्ने २७ हजार ११८ वटा सवारी साधनलाई काठमाडौँ भित्रने खोज्ने नाकाबाटै फर्काइएको जानकारी दिए ।

SHARE