कारागारका कैदी बन्दीहरुलाई स्वास्थ्य सामग्री

0
457

साउन २७,२०७७ गुल्मी : नेपाल रेडक्रस सोसाइटी गुल्मीले कारागारमा रहेका कैदीबन्दीहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको छ ।
शाखाले जिल्ला कारागारमा रहेका कैदीबन्दीहरु , कर्मचारी र सुरक्षाकर्मीहरुलाई , मास्क , स्यानेटाइजर साबुन , पीपीई र ग्लोभ्स बितरण गरिएको शाखाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
कोरोना माहामारीको समयमा सबैभन्दा धेरै जोखीम कारागारमा रहेकाहरुलाई हुन सक्ने भन्दै शाखाको आपतकालिन स्वास्थ्य कार्यक्रम अन्र्तगत सामग्री बितरण गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले अनिवार्य रुपमा मास्कको प्रयोग , साबुन पानीले हातधुने र भौतिक दुरी कायम राख्न आग्रह गरे । कोरोना रोकथामका लागि आफू सचेत रहने र अरुलाई पनि सचेत राख्नका लागि सबैको भूमिका रहने बताए ।
स्वास्थ्य सामग्री ग्रहण गदै जिल्ला कारागार कार्यालय गुल्मीका निमित्त प्रमुख ढालेन्द्र पुनले रेडक्रस गुल्मी शाखालाई धन्यबाद ब्याक्त गरे ।
जिल्ला कारागारमा कुल ७८ जना कैदीबन्दीहरु रहेका छन् भने पूरुष ७१ जना महिला ६ जना र एक आश्रीत नावालीका रहेको जिल्ला कारागार कार्यालयकी कम्प्युटर अपरेटर सीता भण्डारीले जानकारी दिए ।

SHARE