कोरोनाबाट थप एक जनाको मृत्यु

0
343

साउन २६, २०७७ काठमाडौं : काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

कलंकी निवासी पुरुषको आज बिहान मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए।उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो। १९ गते स्वाब संकलन गरी २१ गते कोरोना पुष्टि भएको थियो। मृतक संक्रमितमा भाइरल ज्वरो, निमोनिया र मधुमेहको समस्या रहेको गेलालले जानकारी दिए ।

SHARE