नेकपा फुटे राष्ट्र नै संकटमा पर्ने नेता रायमाझीको दाबी

0
958

साउन २३, २०७७ अर्घाखाँची : नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नेकपा फुटेमा राष्ट्र संकटमा पर्ने दाबी गरेका छन् ।

प्रेस संगठन नेपाल अर्घाखाँचीले शुक्रबार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेता रायमाझीले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट उपलब्ध भएको गणतन्त्र र संघीयता रक्षाका लागि पार्टी एक ढिक्का हुनु अहिलेको मुख्य आवश्यकता भएको बताए।

शीर्ष नेताहरुको व्यवस्थापनको समस्याका कारण पार्टीभित्र अन्तरविरोध देखिएकाले एकपटक पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसकेका नेतालाई कुन स्थानमा राख्ने भन्ने विषय नै अन्तर विरोधको प्रमुख कारण बनेको उनको भनाइ छ।

शीर्ष नेताहरुको कारण पार्टी फुटेमा लामो बलिदानी र संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि गुम्ने खतरा भएकाले अहिले महानायक बन्ने कि खलनायक बन्ने कुरा उनीहरुकै हातमा रहेको बताए।

पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले पार्टी विभाजन भए राष्ट्र र राष्ट्रियता संकटमा पर्ने बताए।

SHARE