बिरगञ्ज र सिराहामा गरि ३ कोरोना संक्रमितको मृत्यु

0
393

साउन २३, २०७७ : वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुईजना पुरुषको मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय र ५७ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। ५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको थियो।
यस्तै, ७९ वर्षीय अर्का पुरुषको भने घरमा नै मृत्यु भएको थियो। उनीहरु दुवैको बिहीबार मृत्यु भएको हो। अस्थायी कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा। निरजकुमार सिंहका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए।
यसैबिच
सिरहाका एक कोरोना संक्रमित पुरुषको बिहीवार राति मृत्यु भएको छ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सिरहाको गोलबजार नगरपालिकाका १२ का २१ वर्षिय पुरुषको मृत्यु भएको हो।
उनी मृगौलाका बिरामी भएका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।

SHARE