साउन २२, २०७७ कास्की : गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गोरखाका ६ जना, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ३ जना तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की र पर्वतका १–१ जनामा कोरोना पुष्टि भएको हो।
थपिएका संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए।
आज ११ जना थपिएसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५ सय ६६ पुगेको छ।