
साउन १८, २०७७ काठमाडौं : पर्सामा फेरि ४५ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितहरु अधिकांश वीरगञ्ज महानगरपालिका बजार क्षेत्रका हुन्। सबैभन्दा बढि वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १६ जना छन्।
त्यसै गरी वडा नम्बर ४ विर्ता र भगवती टोलका १५ जना रहेको वीरगञ्जको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल गण्डकका इन्चार्ज डा।निरज कुमार सिंहले बताए।
त्यसै गरी वीरगञ्जको ड्राइपोर्टका ५, वीरगञ्ज ३ छपकैयाका १, वीरगञ्ज ८ का १, वीरगञ्जको मनियारीका १ जना रहेका छन। वीरगञ्ज बाहिरको पालिकाहरुमा ठोरीको निर्मलवस्तीका १, सखुवाप्रसौनीका १ जना रहेको डा सिंहले बताए।

संक्रमित हुनेमा वीरगञजका मेयर विजयकुमार सरावगी श्रीमती र छोरीमा पनि संक्रमण पुष्टि भएको छ।











