
हुमाकान्त पोखरेल
साउन १३,२०७७ गुल्मी : धुम्रपान, मध्यपान र लागुपदार्थ नियन्त्रणमा परिवारको भूमिका बिषयमा भएको अनलाइन निबन्ध प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ ।
लकडाउनको समयमा धुर्कोट गाउँपालिका ५ निवासी समाजसेवी नरेश भण्डारीद्वारा संचालित निबन्ध प्रतियोगिताका विजयीहरूलाई मंगलबार धुर्कोट गाउँपालिकामा पुरस्कार प्रदान गरिएको हो ।
प्रतियोगितामा सहभागि १० जनामध्ये द्वितिय हुने गोविन्द भण्डारी, सान्त्वना हुने अशोक पोखरेल, अजय पोखरेल र सिम्रन पोखरेललाई पुरस्कार प्रदान गरिएको छ । द्धितिय हुने भण्डारीले नगद तीन हजार पाएका छन् भने सान्त्वना सबैले परिकल्पना पहल गुल्मीको तर्फबाट स्वास्थ्यमा नेपाली सांस्कृतिक आहारको प्रभाव नामको किताब पनि प्रदान गरिएको छ ।
कुल १०० पूर्णाङ्कको प्रतियोगितामा भण्डारीले ७१।३३, अजयले ४५।८३, अशोकले ४५।३३, र सिम्रनले ४०।३३ अकं ल्याएका थिए । प्रतियोगितामा ७६।३३ अंक ल्याई सिर्जना पराजुली प्रथम र ५६ अंक ल्याई गणेश खत्री तृतीय भएका थिए । प्रथम, द्वितिय र तृतीय हुनेले क्रमश पाँच हजार, तीन हजार र दुई हजार प्राप्त गर्ने निबन्ध संचालक भण्डारीले जानकारी दिए ।








