आफू खुसी सवारी पास जारी नगर्न स्थानीय तहलाई गुल्मी प्रशासनको निर्देशन

0
347
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

असार २०,२०७७ गुल्मी  :  जिल्ला प्रशासन कार्यलय गुल्मीले आफूखुसी सवारी पास जारी नगर्न स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यलय गुल्मीसंग समन्वय नै नगरी सिधै स्थानीय तहहरुले सवारी पास दिदाँ चेकजाँचका क्रममा यात्रुहरुले हैरानी खेप्नु परेको गुनासो आएको भन्दैे स्थानीय तहहरुलाई सवारी पास जारी नगर्न प्रशासनले निर्देशन दिएको हो ।
अत्यावश्यक सवारी साधनलाई पास उपलब्ध गराउँन परेमा स्थानीय तहले सिफारिस गरि प्रशासनमा पठाउँन भनेको छ । प्रशासनबाट जारी भएको पास मात्र मान्य हुने भएकाले नियम बिपरित कार्य नगर्न स्थानीय तहहरुलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत उद्धब पन्थीले जानकारी दिए ।
सिधै वडा र स्थानीय तहहरुले सवारी पासको दिने गरेको भन्दै बिचबाटोमा चेकजाँच गर्दा यात्रुहरुले दुख पाउने गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
गुल्मीका कतिपय स्थानीय तहहरुले जिल्ला बाहिर जाँदा प्रशासनको पास अनिवार्य चाहिन्छ भनेर नभनी सिधै आफूहरुले पास जारी गर्दा र आफुहरुलाई स्पस्ट नपारिदिएका कारण पनि समस्या भएको सवारी धनिहरु र सवार गर्नेहरुले बताउँदै आएका छन् ।

SHARE