प्रहरीद्धारा अबैध सालको काठ बरामद

0
556

तिलाचन पाण्डे
असार १५,२०७७ गुल्मी : गुल्मीमा अबैध सालको काठ प्रहरीले बरामद गरेको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका भटुका देखी ट्याक्टरमा रिडीतर्फ ल्याउँदै गरेको ३५ गोलीया काठ प्रहरीले बरामद गरेको हो ।
लु ४ त १३७१ नं को ट्याक्टरमा रिडीतर्फ ल्याउदै गरेको काठलाई बरामद गरी सब डिभिजन बन कार्यालय रिडीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए ।


अनुसन्धान गर्दैछौ :  डिभिजन प्रमुख
यता डिभिजन बन कार्यलय गुल्मीले कहाँबाट र कसरी अबैध काठ आयो भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
डिभिजन बन कार्यलय गुल्मीका प्रमुख प्रभात सापकोटाका अनुसार सब डिभिजन बन कार्यलय रिडीका सहायक बन अधिकृत पहलमान सेरबुजालाई अनुसन्धान गर्नका लागि तोकीएकाले अहिले अनुसन्धानकै क्रममा रहेको जानकारी दिए ।
अहिले सबै कुराहरु भन्न नसकिने र अनुसन्धान पश्चात सबै खुल्ने उनले दाबी गरे ।
अबैध रुपमा सालको काठ दिने र लिने दुबैलाई कानुन अनुसारको कारबाही हुने उनले दाबी गरे ।

SHARE