तिजको अवसरमा मालिकामा महिला सञ्चारकर्मी सम्मानित

0
156

भदौ २९ ,२०८० गुल्मी :गुल्मीको मालिका गाउँपालिकाले महिला सञ्चारकर्मीलाई सम्मान गरेको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर महिला सञ्चारकर्मीलाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

गाउँपालिकाले रेडियो रेसुङ्गाकी स्टेशन म्यानेजर अनिता खत्री ,सोही रेडियोकी तारा कडेंल र सामुदायिक रेडियो स्काईमा कार्यरत सविता मरासिनीलाई दोसल्ला र मायाको चिनो प्रदान गरेर सम्मान गरेको हो ।

महिला सञ्चारकर्मीले सञ्चार क्षेत्रमा पुराएको योगदानको कदर स्वरूप पालिकाले सम्मान गरेको उपाध्यक्ष उपेन्द्र अर्यालले उल्लेख गरे ।
ग्रामीण क्षेत्रमा सञ्चारको प्रमुख माध्यम भनेकै रेडियो रहेको र रेडियोमा कार्यरत महिला सञ्चारकर्मीलाई हौसला प्रदान गर्ने उदेश्यले गाउँपालिकाले सम्मान गरेको अध्यक्ष देवीराम अर्यालले बताए ।

त्यस्तै यता सम्मानित भएकी रेडियो रेसुङ्गाकी स्टेशन म्यानेजर अनिता खत्रीले गाउँपालिकालाई धन्यवाद प्रकट गर्दै पालिकाले दिएको सम्मानले आफुहरुलाई हौसला मिल्नुका साथै उत्साहित बनाएको बताईन ।

 

SHARE