चन्द्रकोट गाउँपालिकामा तिज गीत प्रतियोगिता हुने

0
75
चन्द्रकोट गाउँकार्यपालिकाको कार्यालय तस्विर : खवरमार्केट

महेश बोहरा

भाद्र २४ गुल्मी ।हरितालिका तिजको अवसरमा चन्द्रकोट गाउँपालिकाले पालिका स्तरिय खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको छ । हिन्दु नारीहरुको महान पर्व तिजको अवसर पारेर भाद्र २५ गते सोमबारको दिन गाउँपालिका स्तरिय खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिलाहरुको महान पर्व हरितालिका तिज–२०८० को अवसरमा कार्यक्रमको आयोजा गरिएको हो । भाद्र २५ गते सोमबार चन्द्रकोट गाउँपालिका गाउँ कार्यपालिकाको भवन अगाडिको स्थानमा विहान ११ बजेदेखि कार्यक्रम सुरु हुने छ ।

खुल्ला तिज गीत प्रतियोगितामा चन्द्रकोट गाउँपालिकाको ऐतिहासिकता झल्किने, धार्मिक सांस्कृतिक तथा पर्यटकीय पहिचान साथै यहाँको रहन सहन जातिय तथा सांस्कृतिक पक्षको बारेमा आधारित भएर प्रस्तुत गर्नेलाई प्राथमिकता दिने आयोजकले बताएको छ ।

प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु १५,००० प्रमाणपत्र र मायाको चिना प्रदान गरिने छ, भने द्धितिय हुनेलाई नगद रु १२,००० प्रमाणपत्र र मायाको चिनो, तृतिय हुनेका लागी नगद रु ९,००० प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने चन्द्रकोट गाउँपलिकाले जनाएको छ । चन्द्रकोट गाउँपालिका महिला बालबालिका शाखा प्रमुख यमकुमारी रानाका अनुसार हालसम्म उत्साहजन तरिकाले समुह दर्ता गरेको जानकारी दिइन ।

SHARE