गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

0
184

असार २८,२०८० गुल्मीः गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १ नेटा सिम्लेकी १५ वर्षीय टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार साँझ घरमै काम गरी रहेको समयमा चट्याङ लागेर घाइते भएकी बलालको उपचारको क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

SHARE