आयोजककै हातमा ६१ हजारको पुरस्कार

0
331
चैत १५,२०७९गुल्मीःगुल्मीको मालिका गाउँपालिका ४ सैरेपोखरामा सम्पन्न ६१ हजार राशिको भलिबल प्रतियोगिताको उपाधी आयोजकले आफ्नै पोल्टामा पार्न सफल भएको छ ।

न्यु मालिका युवा क्लब मालिका (५ को आयोजनामा तीन दिन सम्म चलेको भलिबल प्रतियोगिताको उपाधीमा आयोजकले कब्जा जमाएको हो ।
उसले फाइनलमा न्यु सनराईज युबा क्लब दर्लिङ्गलाई २(० को सोझो सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको हो ।

उपाधी सङै उसले ६१ हजार एक सय ६१ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय भएको न्यु सनराईज युवा क्लबले ४१ हजार एक सय ४१ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष लोकेश गिरीले जानकारी दिए ।खुल्ला भलिबल प्रतियोगितामा ९ समूहले सहभागी जनाएका थिए ।

“खेलौँ, स्वस्थ बनौँ मालिका बासिको सान कला संस्कृति संरक्षण हाम्रो पहिचान” भन्ने मुल नाराका साथ न्यु मालिका युवा क्लबले खुल्ला भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

SHARE