पार्टी फेरवेदलको होडबाजी

0
146

दिवाकर पोख्रेल
भदौ २७,२०७९ देउखुरी : बैशाखमा स्थानीय तहको निर्वाचनको समयमा तातिएका राजनीतिक दलहरु फेरी आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकदै फेरी सक्रियता बढ्न थालेको छ । सक्रियता संगै राजनीतिक दलका नेता कार्यकर्ता पार्टी फेरबेदलमा लाग्न थालेका छन् । स्थानीय तहको निर्वाचनमा लामो समय एउटा पार्टीमा रहेका नेता कार्यकर्ताहरु पार्टी परिवर्तनमा लागेका थिए । अहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकदै गर्दा फेरी तेही लहर चलेको छ ।

विशेषगरी दाङमा नपाली काँग्रेसको तुलनामा अन्य पार्टीका नेता कार्यकर्तामा तरलता देखिन थालेको छ । दाङको बंगलाचुली गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट माओवादीको तर्फबाट २०७४ सालको निर्वाचनमा उपाध्यक्ष सहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । यस्तै गरेर नेकपा (माओवादी केन्द्र) का दाङ जिल्लाका इञ्चार्जबाट केहि समय राजीनामा दिएर स्वतन्त्र बसेका जीवन गौतम पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

यस्तै जनता समाजवादी पार्टीको दाङको जिल्ला कमिटि नै नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ । जसपाका केन्द्रिय सदस्यहरु प्रकाश चौधरी, होमप्रसाद शर्मा, लक्ष्मी चौधरी लगायतका नेताको नेतृत्वमा दाङका नेता कार्यकर्तागरी एकसय ६७ जना (माओवादी केन्द्र)मा प्रवेश गरेको (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार (माओवादी केन्द्र) पार्टी परित्याग गरी अन्य पार्टी प्रवेश गरेकाहरुलाई घर फर्क अभियान संचालन गरेर पार्टी भित्र भित्राउन प्रयास भइरहेको छ । एक हप्ताको विचमा माओवादी पार्टी परित्याग गरी अन्य पार्टीमा प्रवेश गरेका एकसय नौजना र नयाँ प्रवेशी दुइसय एघारजना गरी तीनसय २० जनालाई पार्टीमा भित्राएको माओवादीले दावी गरेको छ ।

यस्तै नेकपा एमालेले पनि अन्य पार्टीबाट एमालेमा प्रवेश गराउने अभियान नै संचालन गरेको छ । नेकपा एमालेका दाङ जिल्ला सचिव मनोहर बुढाथोकीका अनुसार स्थानीय तहको निर्वाचन पछि एमालेका एक हजार एकसय ५२ जना प्रवेश गरेका छन । एमालेमा प्रवेस गर्ने मध्ये (माओवादी केन्द्र) बाट बढी रहेको एमाले दाङले जानकारी दिएको छ ।

SHARE