समाजवादी गुल्मीले टुंगायो सबै निर्वाचन क्षेत्रमा उम्मेदवार

0
175

हुमाकान्त पोखरेल

भदौ २६,२०७९ गुल्मीः नेकपा एकीकृत समाजवादी गुल्मीले जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुंगाएको छ ।

शनिबार पार्टीको जिल्ला कमिटी बैठकले दुई संघ र चार प्रदेश एवम् समानुपातिकतर्फका पनि उम्मेदवार टुंगाएको हो । जसअनुसार क्षेत्र नम्बर १ को लागि प्रमेश पोखरेल र क्षेत्र नम्बर २ को लागि रामकुमारी झाँक्री सिफारिस भएका छन् ।

त्यस्तै क्षेत्र नम्बर १ को ‘क’ मा रामजी ज्ञवाली र झवी पाण्डे, ‘ख’ मा सुरेन्द्र कडेल, टेकराज अर्याल, क्षेत्र नम्बर २ को ‘क’ मा कर्णध्वज जिसी एवम् ‘ख’ मा जीवराज अर्याल र युवराज लम्साल सिफारिस परेका छन् ।

प्रदेश समानुपातिकतर्फ कालिका देवी पाण्डे, सन बहादुर बुचा, नगेन्द्र किरण ठकुरी, माया घर्ती, चन्द्र सुनार, गुञ्ज नेपाली, कमला बराल र रामप्रसाद पन्त रहेका छन् । त्यस्तै संघीय निर्वाचन क्षेत्रको समानुपातिकतर्फ गणेश विक, निर्मला पोखरेल र हरी छन्त्याल रहेको समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादी गुल्मीले नेता प्रमेश पोखरेललाई जिल्ला इन्र्चाज बनाउन पनि निर्णय गरि केन्द्रमा पठाएको छ ।

SHARE