गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

0
201

भदौ २१ ,२०७९ गुल्मी : गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए ।

मंगलवार बिहान रानालाई आफनै घरको छडमा पास भएको करेन्ट लागि २ तला माथिबाट खसेर घाइते हुनुभएको थियो । उनकोे उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको खरेलले बताए ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE