६० सिटभन्दा घट्न सकिँदैन :प्रचण्ड

0
137
फाइल फोटो

भदौ १३,२०७९ काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा आफूहरु ६० सिटभन्दा घट्न नसकिने बताउनुभएको छ।

पार्टीको उपत्यका विशेष कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये आफूहरुले ६० सिटमा दाबी गरिरहेको बताउनुभयो। उहाँले प्रदेशतर्फ त्यसैको हिसाबमा १ सय २० सिटमा दाबी रहन सक्ने उल्लेख गर्नुभयो।।

उहाँले अहिले सत्ता गठबन्धन कुनै हालतमा नभत्किने भन्दै कन्फ्युज नहुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले गठबन्धनभित्र पहिलो चरणमा दलहरुले पाउने सिट संख्या टुंग्याउने र त्यसपछि कुन ठाउँमा कुन सिट कसले पाउने भन्ने निर्धारण गरिने बताउनुभयो। यहि २० गतेसम्म सिट बाँडफाँट टुंगिने दाबी समेत प्रचण्डले गर्नुभयो ।

SHARE