तम्घासमा संचालित एग्रोभेटहरुको अनगमन,मापदण्ड विपरीत भए कारवाही गरेरै छाड्ने चेतावनी

0
289
अनुगमनका क्रममा लिइएको तस्विर

गीता पाण्डे
साउन २४,२०७९ गुल्मीः तम्घासमा संचालनमा रहेको एग्रोभेटहरुको अनुगमन गरिएको छ ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र तम्घासले तम्घासमा रहेका एग्रोभेटहरुको अनुगमन गरिएको थियो

तम्घासका ६ वटा एग्रोभेटहरुमा गरिएको अनुगमनमा आधिकारीक निकायमा दर्ता नभएका, तालिमप्राप्त ब्यक्तिले औषधि विक्री वितरण नगरेको, पसल नविकरण नगरेको ,औषधिहरु र बिषादी संगै राखेर बेच्ने गरेको र पसलमा वोर्ड र नाम दर्ता अनुसार नराखेको पाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफलेले जानकारी दिए ।

सेवाग्राहीहरुको गुनासो आएपछि अनुगमन गर्दा उक्त तथ्यहरु फेला परेको र पहिलो चरणमा सुधार गर्नका लागि आग्रह गरिएको काफलेले बताए ।
दिइएका सुझाबहरु तत्काल सुधार नगरे कानुन अनुसारको कारवाही गरेरै छाडने काफलेले चेतावनी दिए ।

जिल्लामा रहेका एग्रोभेटहरुमा निरन्तर रुपमा अनुगमन गरिने कार्यक्रम तय गरेको समेत काफलेले बताए । सेवाग्राहीको सहजताकका लागि छड्के अनुगमन गर्न आफूले योजना बनाएको उनको दाबी छ ।
औषधि बिक्री गर्ने आधिकारीक ब्यक्तिले बी फार्मेसी ,३५ दिने तालिम लिएका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले मात्र एग्रोभेटका औषधिहरु विक्री वितरण गर्न पाउने कानुनी प्रावधान रहेको छ ।

SHARE