मंसिर ४ गते चुनाव तोक्न गठबन्धनमा सहमति

0
213

साउन १८,२०७९काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन अन्ततस् मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएको छ।

आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रदेश र प्रतिनिधि सभाको चुनाव मंसिर ४ मै गर्ने सहमति भएको हो।

सहमतिअनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका छन्।

निर्वाचन आयोगले भने मंसिर २ गते चुनाव गर्न सुझाव दिएको छ।

यसअघि आयोगले पटक पटक मिति तोक्न ताकेता गरे पनि गठबन्धनकै दबाबमा पछि हटेका देउवाले ढिलै भए पनि भोलि मिति तोके आयोगले एडजस्ट गरेर काम अघि बढाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

SHARE