महाधिवेशन भएको ९ महिनापछि प्रेस सेन्टरमा जिम्मेवारी बाँडफाँड

वरिष्ठ उपाध्यक्ष १ र उपाध्यक्ष १९, महासचिव १, १० जना उपमहासचिव, २७ जना सचिव, १ कोषाध्यक्ष र १ सह कोषाध्यक्ष गरी ६१ जनाको पदाधिकारी चयन

0
270

साउन १४,२०७९काठमाडौं : महाधिवेशन भएको ९ महिनापछि प्रेस सेन्टर नेपालले पदाधिकारी चयन गरेको छ।

नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको हिजो र आज काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले ६१ जनाको जम्बो पदाधिकारी चयन गरेको हो।

गत २०७८ मंसिर १८ र १९ गते चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनको हलले अध्यक्षमा विष्णु सापकोटालाई चयन गर्नुका साथै १९९ जना केन्द्रीय सदस्य मात्रै चयन गरेको थियो।

महाधिवेशनको ९ महिनापछि बल्ल सर्वसम्मत पदाधिकारी चयन गर्न प्रेस सेन्टर सफल भएको हो।

वरिष्ठ उपाध्यक्ष १ र उपाध्यक्ष १९, महासचिव १, १० जना उपमहासचिव, २७ जना सचिव, १ कोषाध्यक्ष र १ सह कोषाध्यक्ष गरी ६१ जनाको पदाधिकारी चयन गरिएको छ।

वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा डिल्ली मल्ल र सह कोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन्। थाहाबाट

SHARE