
साउन १२,२०७९ काठमाडौं : नेपालमा कोरोना सङ्क्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ भने दुईजना सङ्क्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयाका अनुसार पाँच हजार २५ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ७१० जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले दुई हजार ५४१ जनाको आरटी पीसीआर गर्दा ५२४ जनामा र दुई हजार ४८४ को एन्टिजेन परीक्षण गर्दा १८६ जनामा कोरोना पुष्टि भएकोे हो ।

परीक्षण गरिएकामध्ये १४।१० प्रतिशतमा कोरोना पुष्टि भएको छ ।











