२० लाख नगदसहित दुईजना पक्राउ

0
197

असार २९,२०७९ पर्साः प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको २० लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको २० लाख नगदसहित दुईजनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजितकुमार र २४ वर्षीय अनुराग मिश्र छन् ।

बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE