यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

0
311

असार २८,२०७९हेटौँडा : विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलान पक्राउ परेका छन्।

मंगलबार दिउँसो घलानलाई प्रहरीले हेटौँडा बजारबाट पक्राउ गरेको हो।

राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन आएकी कैलाश–९, नामटारस्थित कालिका माविकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको थियो।

सोही जाहेरीको आधारमा वडाध्यक्ष घलानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।

SHARE