भाउजुलाई खुकुरी हान्ने देवर पक्राउ

0
211

असार २८,२०७९रुकुम (पूर्व) : रुकुम पश्चिममा भाउजुमाथि खकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–१ रुँघाका ३६ वर्षीय देउकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

आइतबार राति करिब साढे ८ बजे खड्काले भाउजु ३७ वर्षीया दिलसरा बोहरा खड्कालाई खकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

दिलसराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेलाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ।

उनको टाउको र हातमा गहिरो चोट लागेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए।

SHARE