गुल्मीमा विद्यार्थीहरुलाई स्काउटसम्बन्धित अभिमुखिकरण कार्यक्रम

0
273

असार २७,२०७९ गुल्मी: जिल्लाको रेसुङ्गा नगरपालिकास्थित सिद्वबाबा माध्यमिक विध्यालय र महेन्द्र नमुना माध्यमिक विध्यालयका स्काउट विध्यार्थीहरूलाई स्काउटसम्बन्धि तीन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम नेपाल स्काउट, लुम्बिनी प्रदेश र सामाजिक विकास डिविजन कार्यालयको सहयोगमा सम्पन्न भएको हो । शनिबारदेखि सुरू भएको कार्यक्रम सोमबार औपचारिक कार्यक्रमबीच समापन गरिएको छ । कार्यक्रममा सिद्वबाबा र महेन्द्र नमुना माविका २३र२३ जना विध्यार्थीहरूको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल स्काउट, लुम्बिनी प्रदेश सदस्य कपुर घिमिरे र सचिवालय सदस्य भरत अर्यालले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी रेसुङ्गा नगरपालिकाका उप–प्रमुख अमृता देवी कुँवरले यस्तो कार्यक्रम जिल्लाभर लागू गर्नुपर्ने बताइन । उनले शिक्षक–शिक्षिकालाई सुरूमै तालिम दिएर सबै विध्यालयमा संचालन गर्नुपर्ने बताइन् । स्काउटको विकास र संरक्षणका लागि आफुले सक्दो प्रयोग गर्ने प्रतिवद्ता जनाइन ।

कार्यक्रममा सामाजिक विकास डिविजन कार्यालय, पाल्पाका प्रमुख हरीलाल अर्याल, वडा नम्बर १ का अध्यक्ष राम प्रसाद पन्थी, वडा नम्बर ८ का अध्यक्ष निरञ्जन थापा, पत्रकार हुमाकान्त पोखरेल, महेन्द्र नमुना माविका प्रअ कृष्ण मरासिनी, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सिद्वबाबा माध्यमिक विध्यालयका प्रध्यानाध्यापक डोरविक्रम श्रीसको अध्यक्षता एवम् शिक्षक टीका खड्काको संचालनमा सम्पन्न भएको थियो

SHARE