बालिका अपहरण गर्ने पक्राउ

0
201

असार २५,२०७९रौतहट : चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ईशनाथ नगरपालिका(७ बस्ने २४ वर्षीय महमद अविर हुसैन रहेका छन्।

उनलाई प्रहरीले बिहीवार राति पक्राउ गरेको हो। बिहीवार साँझ आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा बालिकालाई उनले अपहरण गरेका थिए।​

त्यसपश्चात पीडितको आफन्तलाई अपरिचित व्यक्तिले फोन गरी बालिकालाई अपहरण गरी बन्धक बनाई राखेका छौँ, २० लाख रुपैयाँ राजपुर नगरपालिकाको ईद्रिश गेटमा लिएर आउनु, रकम नल्याए र फिरौती मागेको कुरा कसैलाई भनेमा बच्चाको ज्यान मार्ने धम्की दिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा राजपुर नगरपालिका(१ बहुअर्वा मदर्सा अगाडि सडक छेउमा रहेको पसल नजिकबाट ती बालिकाको उद्दार गरेको थियो।

SHARE