मध्य रातमा चट्याङ लागेर दुईजनाको मृत्यु

0
215

असार ३,२०७९ बागलुङ : बागलुङको निसी खोलामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

एकजना गम्भीर घाइते भएका छन्। बुधबार राति निसीखोला गाउँपालिका वडा नम्बर ३ की ६६ वर्षीया नरमति घर्ती र वडा ६ गुमकी १६ वर्षीया ज्ञानमला परियारको मृत्यु भएको हो।

चट्याङ लाग्दा वडा नम्बर ६ की ३३ वर्षीया ननसरा परियार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। घाइते परियारको निसी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको रानाले बताए।

घर्ती आफन्तको घरमा पाहुना बस्न गएको बेला राति ८ बजे चट्याङ लागि घाइते भएको र उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। उनको उपचारको क्रममा पौने २ बजे नै मृत्यु भएको प्रहरीले जनाएको छ।

SHARE