बस दुर्घटना हुँदा नौजनाको मृत्यु ,२६ घाइते

0
338

नवराज श्रेष्ठ
रामेछाप, असार २१ गते । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँँदा नौ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार दुर्घटनामा परि मृत्यु हुनेको चारजना महिला र पाँचजना पुरुष रहेका छन् । साथै, मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परि २६ जना घाइते भएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । घाइतेमध्ये तीनजालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ भने २३ जनालाई धुलिखेल अस्पताल काभ्रेमा पठाइएको उहाँले बताउनुभयो । प्रजिअ पहाडीका अनुसार धुलिखेल अस्पताल पठाइएका घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।

रामेछापको डोग्माबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडामा दुर्घटना भएको हो ।

SHARE