गुल्मीमा बुहारीलाई जवरजस्ती करणी गरेका आरोपमा जेठाजु पक्राउ

0
334
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

असार १८,२०७९ गुल्मी :गुल्मीमा सहोदर बुहारीलाई जवरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ६ स्थित ३५ बर्षीय जेठाजुले सहोदर १९ बर्षीय भाइ बुहारीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

१९ बर्षीय बुहारीलाई वडा नम्वर ६ स्थित किटेनी गोठमा असार १४ गते दिउँसो ३ बजे जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE