बस दुर्घटना हुँदा ३१ जना घाइते

0
241

असार १७,२०७९: धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटनामा ३१ जना घाइते भएका छन्।

घाइतेमध्ये २२ जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए। अन्यको स्थानीय गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंबाट रौतहटका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस गएराति करिब २ बजे पृथ्वी राजमार्ग अन्तर्गत गल्छी–६ मा दुर्घटनामा परेको हो। दुर्घटनाको कारण पत्ता लागेको छैन।

सडकमा भएका खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ।

SHARE