सुनको मूल्य घट्यो

0
273

असार १६,२०७९काठमाडौं : सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर ९७ हजार पाँच सय रुपियाँ कायम भएको छ ।

उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार आठ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार तीन सय रुपियाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु। पाँचले घटेर एक हजार २३५ रुपियाँ तोकिएको महासङ्घले जनाएको छ ।

SHARE