घर भत्किँदा बहिनी रेखाको मृत्यु, १६ बर्षीय लक्ष्मण दाजु घाइते

0
290

असार १६,२०७९ : अविरल वर्षासँगै घर भत्किएर पुरिँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा गल्याङ नगरपालिका–१० दुविनडाडाका १२ वर्षीया रेखा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए।

आज बिहान साढे ६ बजे घर भत्किएर उनिहरू पुरिएका थिए। घाइते भएकी रेखालाई उपचारको लागि गल्याङ सामुदायीक अस्पतालमा ल्याउँदा बिहान साढे सात बजे चिकित्सकले मृत घोषणा गरेका उनले बताए।

रेखाका दाइ १६ वर्षीय लक्ष्मण भट्टराई घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। अवस्था सामान्य रहेको खनालले बताए। उनीहरू सुतिरहेको अवस्थामा घर भत्किएर पुरिएका थिए।

गोठसाले घरमा उनीहरू बस्दै आएका थिए। यही पशु चौपाया पनि बाँधिएका थिए। घर पूर्ण रूपमा क्षति भएको डीसपी खनालले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE